चितवन २ बाट आधा लाख मत पाएर रवि लामिछाने पुनः विजयी

चितवन | बैशाख १२, २०८०

चितवन २ बाट आधा लाख मत पाएर रवि लामिछाने पुनः विजयी

चितवन:   चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने विजयी भएका छन् ।


वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७५ मत प्राप्त गरी चितवनबाट दोस्रो पटक विजयी भएका हुन् ।


उनले ४३ हजार १६१ मतान्तरले प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पराजित गरेका हुन् । जितनारायण श्रेष्ठले ११ हजार ११४ मत प्राप्त गर्दा, नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले १० हजार ९३४ मत पाए ।


अघिल्लो निर्वाचनमा लामिछानेले ४९ हजार तीन सय मत ल्याएका थिए ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्